जनकपुरधाम- मगही भाषालाई जगेर्ना गर्ने उद्देश्यले तयार गरिएको ‘मघेश हमर हय जान मगही हमर पहिचान ’ गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ ।

चर्चित गायक बिनोद सदाको स्वर रहेको उक्त गीतको म्युजिक भिडियो Anup Janakpur नामको युटुव च्यानल मार्फत सार्वजानिक गरिएको हो ।

यस म्युजिक भिडियोमा कलाकारको रुपमा नवीन महतो, राजु महतो, राम किशोर महतो, सुभाष पासमान, राम भरोस राउतलगायतका कलाकारको अभिनय रहेको उक्त भिडियोको छ्यान्कन बुधेश्वर रजकले गरेका छन् भने भने गीतको म्युजिक एरेन्ज दिपेन्द्र साहले गरेका हुन् ।

तराई मधेशमा अत्याधिक रुपमा बोलिने मगही भाषा  भएतापनी अहिले मगही भाषा पछाडी परेको छ ।मगही भाषालाई जनस्तरमा पुर्याउनका लागि र यसलाई समाजिक स्तरबाट बचाउनका लागि अहिले भिडियोको माध्यमले प्रचार प्रसारमा जुटेको मगही भाषा अभियानी फुलगेन मगहीले बताए । कृष्ण कुमार महतोको निर्देशनमा तयार गरिएको भिडियोको सम्पादन न्यामिक यादवले गरेका हुन् ।

यस गीतमा शब्द संगीत बिनोद सदाले स्वम दिएका छन्  । मगही भाषा सास्कृतिलाइ पहिचान उत्थान गर्ने उदेश्यले भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय