उनलाई वीरगञ्ज–२५, अली सिर्सियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गएको कात्तिक ६ गते नेकपा पर्साको विन्दवासिनी गाउँपालिका कमिटीद्वारा आयोजना गरिएको सपथ ग्रहण क्रममा नेकपा दुई समुहबीच झडप हुँदा बाँसको भाटा प्रहारले गाउँपालिका कमिटिका सचिव समेत रहेका चौरसिया गम्भीर घाइते भएका थिए । उनको भोलि पल्टै कातिक ७ गते उपचारको क्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले एकहप्तासम्म किटानी जाहेरी दर्ता नगरेपछि सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दर्ता भएको थियो । संलग्न दोषीहरुमाथि जाहेरी दर्ता गराउन नेकपाका केन्द्रिय नेताको उपस्थितिमा एकसातासम्म आन्दोलन भएको थियो ।