काठमाडौं- नेपालमा थप ३६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६३७ संक्रमित थपिएका हुन् ।

योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या एक लाख ४८ हजार ५०९  पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार २१५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख २ हजार ८२० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव २ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय