शरद दादा ! अर्थात शरत सिंह भण्डारी । ४० बर्षे राजतिनीको एउटा अनुभवी खेलाडी ।जहाँ उनी विभिन्न समयमा १९ पटक मन्त्री बने । कुनै बेला पार्टी छोडे त कुनै बेला छुट्टै पार्टी खोले । उनलाई छुट्न पनि समय नलाग्ने फेरी जुट्न पनि कुनै शर्त नहुने । उनी राजनीति खेलमैदानको अबल खेलाडीमा पर्छन् । धेरै पटक महोत्तरीका जनताले चुनाव जिताए, केही पटक मैदानमा हराएर सिकाए । बिहीबारदेखि उनी ६५ औं बसन्तमा प्रवेश गरे । वर, पिपल, बेलका विरुवा रोपेर नेता भण्डारीले आफ्नो जन्मदिनलाई उल्लासमय बनाए ।
उनले आफ्नो जन्म दिनमा चालिस बर्षे अटुट राजनीतिक यात्राको समिक्षा गरे । आफ्नै घर पछाडीको मुसहर बस्तीले मुहार फेर्न नसक्नुमा आफू दोषी रहेको महसुस गरे । तन्त्र फरियो तर, जनताको जीवन फेर्न नसक्दा उनलाई गलानी भइरहेको छ ।राजनीति यात्रा, प्राप्त उपलब्ध र आगामी कार्य नीतिलाई नेता भण्डारीले आफ्नो फेसबुमा यसरी प्रस्तुत गरेका छन्ः
आज म ६४ वसन्त पार गरि ६५औं मा टेक्दै छु । एक पटक मैले अतित तर्फ फर्कन खोजें । ४० वर्ष लामो सक्रिय राजनीतिक जीवनलाई (२०३८ सालमा तात्कालिन राष्ट्रिय पञ्चायत (सांसद) को पहिलो प्रत्यक्ष आम निर्वाचनमा निर्वाचित भई हाल सम्म अर्थात २०७४ को संसदीय निर्वाचनमा निर्वाचित भई प्रतिनिधिसभा सदस्य कायम रहेको अवस्था) केलाएर हेर्दा सन्तुष्टि लिने ठाँउ धेरै देखिन्न। किनभने मैले विभिन्न अवसर पाँए पनि समग्र मूलुक, समाज, गरिबी, पिछडापनमा कुनै उल्लेखनिय परिवर्तन भएको पाइन । यद्यपि पछिल्ला वर्षहरुमा विभेदका विरुद्धमा समानता, पहिचान, अधिकार, सम्मानको लडाईमा सक्रिय रहि लड्दै आएको सर्वविदितै छ । लडाई जारी छ तर लक्ष्य अझै टाढा छ । सो लडाई अन्तिम सम्म लड्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
तसर्थ मैले शिवपिताको आर्शिवाद एवं शुभेच्छाको शुभकामनाबाट प्राप्त बाँकी जीवन, पछाडी परेका र पारिएका हेपिएका, विभेदमा परेका बालबालिका, महिला, यूवा, बृद्धबृद्धा एवं ग्रामिण किसानहरुको राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणको दिशामा सानो प्रयास गर्न जमर्को गरेको छु । यस उद्देश्य प्राप्तिका लागि मेरा प्रातः स्मरणिय राजनीतिक जन्म दिने पिता मननीय स्वर्गीय पृथ्वीमान सिंह एवं कर्मपिता स्वर्गीय मनोहर कुमार माथेमाको पुण्री स्मृतिमा “पृथ्वी –मनोहर प्रतिष्ठान” को स्थापना गरेर उल्लेखित क्षेत्रमा चेतना एवं ज्ञान दिने उद्देश्यले “लाल–इन्दु ज्ञान ज्योती” अभियान संचालन गर्ने अठोट लिएको छु ।मेरा आमा र हजुरामा इन्दु सिंह र लाल कुमारी भण्डारीको प्रत्यक्ष सानिध्यमा म यहाँ सम्म पुग्ने हौसला पाएँ ।यस सत्कार्यको निम्ति प्रेरणा दिने सहकार्य गर्न प्रतिवद्धता व्यक्त गर्ने मेरा परिवारजन पार्टीका नेता कार्यकर्ता अन्य सवैलाई आभार प्रकट गर्दै यस सुकार्यलाई सफल पार्न सवैलाई अपील गर्न चाहन्छु । यस कार्यको शुभारम्भ आज वृक्षारोपन गरि गर्दैछौं ।
यसैबीच महोत्तरी क्षेत्र नम्बर –२ प्रतिनिधि सभाका सांसद तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता भण्डारीको राजनीति जीवन बारे राजकरण महतोले उनीसंग गरेको कुराकानी सम्पादित अंश प्रस्तुत छ :
१.तपाईंले आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपन किन गर्नुभयो ?
–मान्छेले आफ्नो जन्मदिनमा विभिन्न प्रकारका कार्यहरु गर्छन् । मलाई के लाग्यो भन्नुहुन्छ भने नयाँ खालको भ्यालुबेस पोल्टिक्स(प्रभाव पर्ने खालका राजनीति ) गर्नु पर्छ भन्ने लाग्यो । साकारात्म र रचनात्मक मात्रै नभएर उत्पादनमूलक राजनीति गर्नु पर्छ भनेर लगेको हुनाले वृक्षा रोपन गरेर काम सुरु गरे ।
२.जुन प्रजातीको विरुवा रोप्नु भयो ?
–महोत्तरीको बर्दिबासमा एबोकाडोको बोट रोपे । त्यसपछि औरहीमा गएर निम, बर,पिपल, बेल, रुद्राक्षको बाटो रोपें ।
३.कुन ठाउँमा रोप्नु भयो ? सार्वजनिक जग्गामा आफ्नै खेतमा ?
–सार्वजनिक र निजी दुवै ठाउँमा रोपें ।
४.यत्रो लामो समय राजनीति गर्नुभयो ? अहिले आएर उत्पादनमूलक राजनीति गर्नु पर्छ भनेर आफैंमाथि आज प्रश्न गर्दै हनुहुन्छ ?
–यो सत्य कुरा हो , हामी अहिले सम्म कसले के ग¥यौं ? मेरो घर पछाडीको मुसहरीको अवस्था त्यही नै छ । चमरटोलीको अवस्था त्यही नै छ । मधेशका जनताको जीवन स्तर उहीनै छ ।त्यसैले मलाई के लाग्छ भने, हामीले राजनीतिक चेतना, संस्कार र समाजिक रुपान्तरण सहितको राजनीति गर्नु पर्छ भन्ने मलाई लागेको छ ।त्यस हुनाले मैले केही कार्यक्रमहरु लगु गर्दछु, आफ्नै पहलमा र सहयोगमा ।
५.समाजिक रुपान्तरण सहितको राजनीतिलाई अंगाल्नु पर्छ भन्ने बुझाई बुझ्न ढिल्लो भएन, यहाँ जस्तो नेताका लागि ?
–म एउटा कुरा भनौं, देर आएँ, दुरुस्त आएँ । म त ढिलै भएपनि बुझें । तर, जिम्मेवारीमा बस्ने मान्छेले यो कुरा बुझेका छैनन् ।त्यस हुनाले केही कार्यक्रमहरुको क्षणक दिएको छु । केही दिन भित्रै कार्यक्रमका विस्तृत सार्वजनिक गर्छु । मैले सुरुवात गर्न लागेको कार्यक्रमले समाजलाई आमुल परिवर्तन ल्याउँछ ।
६. तपाई आफ्नो राजनीति जीवनमा कति पटक मन्त्री बन्नु भयो ?
–मैले गन्ती गरेको छुईन् । तर, एउटाले १९ पटक मन्त्री भएको सुनाएको थियो ।
७.देश र जन्ताले धेरै पटक मन्त्रीको कुसीमा पु¥यायो । तपाईंले राजनीतिबाट देश र जन्तालाई के दिनुभयो ?
–केही दिन सकिन्न, त्यो त भन्दै छु । ४० बर्सें सक्रिय राजनीति जीवनलाई फर्केर हेर्दाखेरी केही खास उपलब्ध गरेको देखिन ।
८. कहाँ निर त्रुटी भयो ?
–भ्यालुको पोल्टिक्समा त्रुटी भयो । विकास गर्ने काम हाम्रो होइन् । यहाँ धेरै मान्छेले खुब विकास गरे भन्छ । विकास गर्ने काम भनेको राज्यको काम हो । माओवादीले १२ बर्ष विकास नभत्काएको भए आज यो देश कहाँबाट कहाँ पुगिसक्थियो । अहिले माओवादीका नेताहरु आएर विकास गर्छु भन्छ । भएको विकास सिद्घायाउने अनि अहिले आएर विकास गर्ने ? मैले के भन्दै छु भने,महत्व राख्ने राजनीति गरेनौं । अब प्रत्येक व्यक्तिलाई रुपान्तरण गर्ने खालको अभियान गर्नु पर्दछ । चेतनाको अभियान गर्नु पर्दछ । हामीले गर्नु पर्ने के थियो भने,राज्यले जसका निम्ति अवसरहरु दिएका थिए ,ती व्यक्तिसंग अवसर पु¥याउने अभियान गर्नु पर्ने थियो । त्यो नगरेर बिशेष गरेर नेपालमा बिचौली वर्गको पैदा भयो ।
९. ती बिचौलीया वर्गमा कस्ता मन्छे देखिए ?
–अहिलेको भाषामा बोल्ने हो भने अहिलेको सरकारले बिचौलीया, दलाल, पूजीपती भन्छन् । यहि सरकारको कुरा गर्ने हो भने ओमनी समूह देखि लिएर यति समूहको अनुहार देखिएको छ, चर्चा भइराखेकोछ ।यस्तो व्यपारी घरना जन्माएका छौं । आज मैले गरेको रियालाइज(महसुस)ले विच्चली भएर अपराध गरिस भनेर भन्छ भने म त्यो पनि स्वीकार गर्न तयार छु, मलाई केही पनि छैन । मलाई आज बोध भयो कि हामीले बास्तवमा केही गर्न सकेनौं, केही गर्न सकिएको छैन । आज म आफ्नो अन्तर आत्माको आवाज फेसबुकमा पोस्ट गरेको छु ।
१०. तपाई सानै देखी किन राजनीतिमा लाग्नुभयो ?
–मेरो वुवा नै राजनीतक पृष्ठभूमीको हुनुहुन्थ्यो । त्यसैले उहाँबाट राजनीति सिके र यसैमा लागे ।
११. राजनीतिमा अब तपाई उत्तराधिकारी कसलाई मान्नुहुन्छ ?
–मेरा उत्तराधिकारी सारा जन्ता छन् ।मेरा कार्यकर्ताहरु छन् ।जसले मेरो विचार, व्यवहार बोकेर हिड्छन् त्यही नै मेरो उत्तराधिकार हुन्छ ।
१२.हस् धन्यवाद, अन्तमा जन्म दिनको शुभकामना हजुरलाई ।
–धन्यवाद ।
साभारः द पब्लिक टुडे