एजेन्सी- कास्मिरको सीमा क्षेत्रमा पाकिस्तानले फायरिङ गर्दा अलग–अलग स्थानमा भारतीय सेनाका तीन जवानको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

कास्मिरको कुपवान्डा जिल्लास्थित नौगाम सेक्टरमा दुई तथा पुन्छ सेक्टरमा एकजनाको मृत्यु भएको हो । त्यस्तै कुवान्डामा चार र पुन्छमा एक जना घाइते भएका छन् ।

भारतीय सैनिक स्रोतकाअनुसार अहिले भारतले जवाफी कारबाही थालेको छ । पाकिस्तानतर्फ कति जनाको मृत्यु भयो भन्ने विषय खुलेको छैन । पछिल्ला आठ महिनामा पाकिस्तानले सीमा क्षेत्रमा ३ हजारभन्दा धेरैपटक युद्धविराम उल्लंघन गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय