कर्णाली- कर्णाली प्रदेशमा संक्रमण जितेर घर फर्कनेको संख्या दुई हजार ५०५ पुगेको छ ।
आज एकैदिनमा कर्णालीमा ११० जना डिस्चार्ज भएसँगै कुल संक्रमितमध्ये करिब ९० प्रतिशत कोरोना जितेर घर फर्केको सामाजिक मन्त्रालय जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
आज १० व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या दुई हजार ७८६ पुगेको छ । दुई सय ४५ संक्रमितको यहाँका विभिन्न आइसोलेशनमा उपचार भएको बताइएको छ । अधिकृत कँडेलका अनुसार कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ मै स्थिर छ ।