जनकपुरधाम- महोत्तरीमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा शुक्रबार महोत्तरीको मनरासिसबा नगरपालिका बथनाहाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उच्च रक्तचापका दीर्घरोगी ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उपचारको लागि गरेको भदौ १९ गते प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका ती पुरुषको शुक्रबार बिहान मृत्यु भएको प्रदेश २ समाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशाशक विजय झाले जानकारी दिए ।

उनलाई उपचारको लागि ल्याएपछि स्वाब परिक्षण गरेपछि कोरोना पुष्टि भएको थियो । यो संगै महोत्तरीमा कोरोनाबाट मृत्युु हुनेको संख्या १२ पुगेको छ ।

साभारः टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय