ढल्केवर- लकडाउनमा रगत अभाव हुन नदिन धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा १ सय २२ जनाले रक्तदान गरेका छन् ।

धनुषाको मिथिला नगरपालिका ढल्केवरस्थित मिथिला ब्याडमिन्टन क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा १ सय २२ जनाले रक्तदान गरेका हुन् ।

लकडाउनका कारण देशैभर रगत अभाव भएपछि शुक्रवार धनुषाको ढल्केवरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

लकडाउनको समयमा विरामीहरूमा रगत अभाव हुन नदिनका लागि रगत आपुर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष तेजनारायण साह (संतोष)ले बताए । उनले ६ जना महिला र ११६ जना पुरुष गरी १ सय २२ जनाले रक्तदान गरेको जानकारी दिए ।

महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा विधि अपनाएर रक्तदान कार्यक्रम गरिएको अध्यक्ष साहले जनाए ।

कोरोना महामारीको विषम परिस्थितीमा देशैभर रगत अभाव भएकोले आफ्नो नजिकको रेडक्रस वा रक्तसञ्चार केन्द्रमा गएर रक्तदान गरी मानवीय कार्यमा सहभागी हुन उनले आग्रह समेत गरेका छन् ।

साभारः द पब्लिक टुडे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय