काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन्।

शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले चार ओभर बलिङ गर्दै दुई विकेट लिए। उनले निकै किफायती बलिङ गरे। यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले पराजित भएको छ।

सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिए। उनले शेरफेन रदरफोर्डलाई ६ रनमा तथा क्रिस ग्रिनलाई दुई रनमा पभेलियन फर्काए।

नवौँ ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमा दुई रन मात्र दिए। त्यसपछि ११औँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका उनले गुयानाका रदरफोर्डलाई मुजिब उर रहमानद्वारा क्याच आउट गराए। यो ओभरमा उनले विपक्षी टोलीलाई मात्र एक रन दिए।

यस्तै सन्दीपले खेलको १३औँ ओभरमा आफ्नो तेस्रो ओभर बलिङ गर्दै तीन रन खर्चिए। खेलको १५औँ ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गरेका सन्दीपले चौथो बलमा क्रिस ग्रिनलाई आउट गरे। यो ओभरमा उनले दुई रन मात्र दिए।

टस जितेर जमैकाले फिल्डिङ गर्ने निर्णय गरेपछि गुयानाले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो।

एक सय २० रनको विजय लक्ष्य पछ्याउने क्रममा जमैकाले सात विकेटको नोक्सानीमा १०४ रन बनाउन सक्यो। गुयानाका लागि ब्रान्डन किङले सर्वाधिक २९, चन्द्रपल हेमराजले २१, रस टेलरले २१ तथा नविन उल हकले १४ रन बनाए।

बलिङतर्फ जमैकाका मुजिब उर रहमान र कार्लोस वार्थवेटले तीन-तीन तथा आन्द्रे रसेलले एक विकेट लिए।

विजय लक्ष्य पछ्याउने क्रममा जमैकाका लागि आन्द्रे रसेलले अविजित ५२, रोभमन पावेलले २३ र आशिफ अलीले १४ रन बनाए।

सन्दीपले हालसम्म तीन खेलमा चार विकेट लिएका छन्। उनले भदौ ३ गते सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा चार ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए भने भदौ ५ गते ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा सन्दीपले चार ओभरमा ३० रन दिँदै एक विकेट लिएका थिए।

सन्दीपको टोली जमैकाले सेन्ट लुसियासितको खेल ५ पाँचविकेटले जितेको थियो भने ट्रिनबागोसँगको खेल सात विकेटले गुमाएको थियो। गुयानासितको खेल हारेसँगै जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा झरेको छ।

शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले चार ओभर बलिङ गर्दै दुई विकेट लिए। उनले निकै किफायती बलिङ गरे। यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले पराजित भएको छ।

सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिए। उनले शेरफेन रदरफोर्डलाई ६ रनमा तथा क्रिस ग्रिनलाई दुई रनमा पभेलियन फर्काए।

नवौँ ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमा दुई रन मात्र दिए। त्यसपछि ११औँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका उनले गुयानाका रदरफोर्डलाई मुजिब उर रहमानद्वारा क्याच आउट गराए। यो ओभरमा उनले विपक्षी टोलीलाई मात्र एक रन दिए।

यस्तै सन्दीपले खेलको १३औँ ओभरमा आफ्नो तेस्रो ओभर बलिङ गर्दै तीन रन खर्चिए। खेलको १५औँ ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गरेका सन्दीपले चौथो बलमा क्रिस ग्रिनलाई आउट गरे। यो ओभरमा उनले दुई रन मात्र दिए।

टस जितेर जमैकाले फिल्डिङ गर्ने निर्णय गरेपछि गुयानाले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो।

एक सय २० रनको विजय लक्ष्य पछ्याउने क्रममा जमैकाले सात विकेटको नोक्सानीमा १०४ रन बनाउन सक्यो। गुयानाका लागि ब्रान्डन किङले सर्वाधिक २९, चन्द्रपल हेमराजले २१, रस टेलरले २१ तथा नविन उल हकले १४ रन बनाए।

बलिङतर्फ जमैकाका मुजिब उर रहमान र कार्लोस वार्थवेटले तीन-तीन तथा आन्द्रे रसेलले एक विकेट लिए।

विजय लक्ष्य पछ्याउने क्रममा जमैकाका लागि आन्द्रे रसेलले अविजित ५२, रोभमन पावेलले २३ र आशिफ अलीले १४ रन बनाए।

सन्दीपले हालसम्म तीन खेलमा चार विकेट लिएका छन्। उनले भदौ ३ गते सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा चार ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए भने भदौ ५ गते ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा सन्दीपले चार ओभरमा ३० रन दिँदै एक विकेट लिएका थिए।

सन्दीपको टोली जमैकाले सेन्ट लुसियासितको खेल ५ पाँचविकेटले जितेको थियो भने ट्रिनबागोसँगको खेल सात विकेटले गुमाएको थियो। गुयानासितको खेल हारेसँगै जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा झरेको छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय