जनकपुरधाम- प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव १५ दिनपछि कोरोनामुक्त भएका छन् ।

प्रादेशिक प्रयोगशाला जनकपुरमा स्वाब परीक्षण गराउँदा उनमा साउन २१ गते कोरोना पोजेटिभ देखाएको थियो । त्यसपछि उनी घरकै आइसोलेशनमा रहेका थिए । प्रादेशिक प्रयोगशाला जनकपुरमा दोस्रो पटक स्वाब परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको मन्त्री यादवले बताए ।

साउन १८ गते काठमाडौंबाट फर्केपछि उनले १९ गते आफ्नो स्वाब परीक्षणका लागि दिएका थिए । त्यसको रिपोर्ट २१ गते आएका थिए ।

आइसोलेशनमा भएको बेला जडिबुटीका औषधि सेवन गरेको उनले बताए । डब्लुएचओले तय गरेको मापदण्ड पालना गर्ने र खानपानमा विशेष ध्यान  दिएमा कोरोनालाई जित्न सकिने उनको अनुभव छ । अब आफू चाँडै नै काममा फर्किने समेत यादवले बताए ।रातोपाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय