वीरगञ्ज- पर्सा, बारा र महोत्तरीमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परीक्षणमा १२ महिला र ३६ पुरुष गरी कुल ४८ जनामा संक्रमण पुष्टि भएको हो ।
पर्साका २४, बाराका २१, महोत्तरीका २ र भारतीय महावाणिज्य दूतावासका एक कर्मचारीमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।