वीरगञ्ज-  पर्साम थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ । जसमा ३४ जना वीरगञ्जकै रहेका छन्।

गएराति गरिएको परीक्षणमा ११ महिला र २४ पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमितको सम्पर्कमा आएका व्यक्तिको कोरोना परीक्षण गरिएको हो ।

कोरोना संक्रमण देखिएका सबैजसो वीरगञ्जका वासिन्दा रहेका छन् । उनीहरु सातदेखि ५४ वर्षसम्मका रहेको अस्पतालले जनाएको छ। उनीहरु पर्सा र बाराका बासिन्दा रहेका हुन् ।

धेरैजसो वीरगञ्जको वडा नं. ९, १० र ११ का छन् । बाराका भने एक जनामा मात्रै रहेको अस्पतालले जनाएको छ। उनी बाराको प्रसौनी गाउँपालिका–१ का युवक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय