सप्तरी- सप्तरीमा एक चिकित्सकसहित थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

राजविराज नगरपालिका वडा नम्बर ६ मा ८, वडा नम्बर २ का ९ जना, वडा नम्बर ७ का ५ जना, वडा नम्बर ४ का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको भने ठेगाना खुलेको छैन ।

रुपनी गाउँपालिका ५ का ४ जना र ६ का एक जनामा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत ३२ बर्षीय पुरुष चिकित्सकमा समेत संक्रमण पुष्टि भएको बताइएको छ ।

सप्तरीमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय