वीरगञ्ज- पर्सामा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पीसीआर परिक्षणमा २२ महिला र ४८ जना पुरुष गरी ७० जनामा संक्रमण देखिएका अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

उनका अनुसार संक्रमितहरु चारजना बाराका र ६६ जना पर्साका विभिन्‍न वडाका छन् ।

संक्रमित हुनेमा ३ वर्षीय बालकदेखि ८६ वर्षीय वृद्धासम्म रहेको उपाध्यायले जानकारी दिए । नेसनल मेडिकल कलेजका दुई  चिकित्सकमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय