झापा- वैदेशिक रोजगारीको क्रममा युएईमा रहदै नेपाली गायनमा फरक पहिचान बनाउन सफल लोकरक गायक पारस लामा र गायनमा भविस्य खोजिरहेकी एलिसा तामाङको नयाँ गीत सार्वजनिक भएको छ । सबै जनरामा गीत गाउन सक्षम लामाले उस्तै क्षमता भएकी एलिसासँग गाएको गीतको बोल-बेंसी झरौला रहेको छ ।
पुर्वी नेपालका पहाडी गाउँठाँउ, लेकबेंसी, खोलानालालाई सम्बोधन गरिएको यो गीतले पाँचथर जिल्लाको नावा खोलादेखि लिएर धनकुटाको राजारानी सम्मलाई समेटी आन्चलिकता र ग्रामीण परिवेशलाई दर्साउन सफल भएको छ ।
नेपाली पुर्वेली लोकभाकाको यो गीतले श्रोताहरुको मनमा बास पाउने दाबी गायक लामाले गरेका छन् ।
गीतको शब्द-संकलन पारस लामा/योगेस वानु राईले गरेका हुन् भने संगीत-पदम घिसिङको रहेको छ । यसको एरेन्ज/मिक्सिङ/मास्टरिङ-भिम केरुङ लिम्बुले गरेका छन् भने सिनपोन्सी रेकर्डीङ स्टुडियो विर्तामोडमा रेकर्डीस-भिम लिम्बुले रेकर्डीङ गरेका छन् । दाजुबहिनीको यो युगलगीत १५ साउनमा युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय