• फुलगेन मगही

ढल्केवर— सर्लाहीको हरिवन नगरपालिका–६ घुर्कौलीमा मगही साहित्य गोष्ठी हुने भएको छ । प्रगतिशील कृषि समूहको आयोजनामा असार १५ गते मनाइने राष्ट्रिय धान दिवसको अवसरमा मगही साहित्य गोष्ठी हुने भएको हो ।

मगही भाषा सांस्कृति संरक्षण सम्बद्र्धन गर्नका लागि साहित्यिक कवि मगही साहित्य गोष्ठी गर्न लागिएको मगही भाषा अभियन्ता तथा समाजसेवी श्यामशुन्दर महतोले जानकारी दिए ।

सो साहित्य गोष्ठिमा सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीका साहित्यकारहरु आफ्नो साहित्य र कविता वाचन गर्नका लागि आउने अर्का अभियन्ता आइटी भरतलाल मगहीले जनाए । सो कार्यक्रममा आउनका लागि भाषा अनुरागी र साहित्यकार तथा समाजसेवीलाई खुल्ला आह्वान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय