ढल्केवर— मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक(डाइरेक्टर) मा प्रमोद कुमार साह नियुक्त भएका छन् ।

संस्थापक शेयरधनी(समूह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्य पदमा साह नियुक्त भएका हुन् ।

संस्थाको सञ्चालक समितिको २०८१ असार ७ गते बसेको २६५ औं बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनीका सचिव हेमराज हेमन्तले जानकारी दिए ।

सञ्चालकमा नियुक्त साह मधेस प्रदेश उद्योग परिसंघ(सिएनआइ) का अध्यक्ष र नेपाल चार्टड एकाउण्टेण्ट्स संघको मधेश प्रदेश अध्यक्ष समेत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय