धनुषा— धनुषाको गणेशमानचारनाथ नगरपालिकाले नेपाली सेनालाई विपद् नियन्त्रणमा आवश्यक पर्ने राहत तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले धनुषाको धारापानीस्थित रहेको नेपाली सेनाको १ नम्बर राजदल गणलाई राहत तथा उद्धार सामग्री हस्तान्तरण गरेको हो ।

बिहिवार नगरपालिकाका प्रमुख जितनारायण यादव र उपप्रमुख तुलसाकुमारी पाण्डेले १ नम्बर राजदल गणका सेनानी बलबहादुर लिम्बुलाई विपद् नियन्त्रणमा सहयोग पुग्ने २७ थान विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको गणेशमानचारनाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंजित यादवले जानकारी दिए ।

गणका सेनाहरु सुख्खायाममा आगलगी नियन्त्रण, वर्षायाममा बाढी तथा डुबान पिडितको उद्धार तथा राहतका लागि खटिदैं आएका छन् । नगरपालिकाले बिहिवार सहयोग गरेको विपद् व्यवस्थापन सामग्रीले राहत तथा उद्धार कार्यमा खट्न सेनालाई सहज हुने गणेशमानचारनाथ नगरपालिकाका प्रमुख जितनारायण यादवले विश्वास व्यक्त गरे ।

उक्त सामग्री हस्तान्तरण कार्यक्रममा नगरपालिकाका कर्मचारी तथा धारापानी गणका सेनाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय