ढल्केवर— सरकारले पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्दै पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्ने बताए ।

उनले नेपालमा वैवाहिक डेस्टिनेशन निर्माणका लागि जनकपुरलाई वेडिङ हब र लुम्बिनीलाई बर्थिङ हब बनाइने घोषणा गरे। 

त्यस्तै चुरेदेखि हिमालसम्मका प्रमुख पर्यटकीय गन्तव्यमा इकोहिल स्टेशन निर्माण गरिने उनले बताए। त्यस्तै ग्रेट हिमालयन ट्रेल, मुन्दुम ट्रेल, गुरिल्ला ट्रेललगायतका पूर्वाधार निर्माण गरिने अर्थमन्त्री पुनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय