ढल्केवर— नेपाल चाटर्ड एकाउण्टेण्ट्स संघ मधेश प्रदेशको अध्यक्षमा प्रमोद कुमार साह निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न नेपाल चाटर्ड एकाउण्टेण्ट्स सघंको ३५औं कार्यसमितिका लागि एकैसाथ केन्द्र, प्रदेश र जिल्ला समितिको निर्वाचनबाट सघं मधेश प्रदेशको अध्यक्षमा साह निर्विरोध निर्वाचित भएका हुन् ।

संघको प्रदेश सचिवमा सन्तोष गुप्ता, कोषाध्यक्षमा चित्रसेन साह र सदस्यहरुमा विकाश जयस्वाल र अमित पौडेल गरी ५ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको संघका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शनिवार मधेस प्रदेशका लागि धनुषाको ढल्केवरमा भएको निर्वाचन प्रक्रियामा मधेश प्रदेशमा ८० चाटर्ड एकाउण्टेण्ट मध्ये ५१ जना मतदानमा सहभागि भएको बताइएको छ ।

यस्तै संघको धनुषा सभापतिमा मनोज मण्डल निर्विरोध निर्वाचित भएका छन् । धनुषाको उपसभापतिमा मिथलेश्वर साह, सचिवमा संतोष साह, कोषाध्यक्षमा रविन्द्र कुमार महतो र सदस्यहरुमा आशिष कुमार ठाकुर, हेमशंकर साह र कुमार यादव निर्विरोध निर्वाचित भएको संघको मधेश प्रदेशका निवर्तमान अध्यक्ष अरविन्द खेतानले जानकारी दिए । उनका अनुसार पर्सा च्यापटरका सभापतिमा गणेश ठाकुर निर्वाचित भएका हुन् ।

पर्साका उपसभापतिमा आनन्द कुमर, सचिवमा देवराज सर्राफ, कोषाध्यक्षमा नारायण साह र सदस्यहरुमा बालकृष्ण झा र गजेन्द्र कुमार गुप्ता निर्विरोध निर्वाचित भएको मधेश प्रदेशका निवर्तमान अध्यक्ष खेतानले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय