काठमाडौँ— नेपालका ब्याटर अनिलकुमार साहले ट्वान्टी-२० विश्वकपका लागि नेपाली टोलीमा आफ्नो नाम देख्दा आँसु आएको बताएका छन् । शनिबार पाँचौं तथा अन्तिम खेलमा पाहुना टोली वेस्टइण्डिज ‘ए’ विरुद्ध जित निकालेपछि पत्रकार सम्मेलनमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सो क्रममा उनले विश्वकपमा छनोट हुन पाउनु खुसीको क्षण रहेको र आफ्नो नाम देख्दा आँसु आएको बताए । टिममा नाम देख्ने बितिकै घरपरिवारसँग खुसी साटेको पनि उनले उल्लेख गरे । साथै अनिलले अन्तिम खेलमा विकेट जोगाएर खेल्दा जित निकाल्न सकिन्छ भन्ने योजनाअनुरूप खेलेको बताए। उनले दोस्रो विकेटका लागि करिब एक सय रनको साझेदारी गरेका थिए ।

ब्याटिङमा डेप्थ रहेको उल्लेख गर्दै अनिलले पहिलो विकेट पतन भएसँगै समालिएर खेलेको बताए । सुरुमा आफ्नो ब्याटमा बल कनेक्ट हुन नसकेको र आसिफलाई क्रिजमा बढी समय बताउन दिएको उनको भनाइ थियो ।

शनिबार जितपछि ओपनर आसिफ शेखले आशा गरेअनुरूप नजिता नआए पनि अन्तिम खेलमा जितसहित विश्वकपमा जाने टोलीको लक्ष्य पूरा भएको प्रतिक्रिया दिए । उनल विश्वकप छनोटबाट विश्वकपमा स्थान बनाउनु नै आफूहरूको लागि यादगार क्षण रहेको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा तीब्र गतिका बलर सोमपाल कामीले आफ्नो लक्ष्य पूरा भएको उल्लेख गर्दै विश्वकप खेल्न पाउनुलाई भाग्यमानी रहेको प्रतिक्रिया दिए । साथै उनले जुनसुकै देशमा पुगे पनि नेपाली समर्थकको उत्तिकै साथ र समर्थन पाउने गरेको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय