धनुषा— महोत्तरीका मटिहानी नगरपालिकामा ९ दिने एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ । मटिहानी नगरपालिकाले सञ्चालन गरेको उक्त शिविर मंगलवार सम्पन्न भएको हो ।

शिविरको अन्तिम दिन मंगलवार मटिहानी नगरपालिका वड़ा नं.-९ श्री लक्ष्मी नारायण मा.वि. सिमरदहीमा शिविर सञ्चालन भएको थियो । ९ दिने एकीकृत घुम्ती सेवा शिविरमा ९ वटै वड़ाहरुमा बिभिन्न शाखाबाट हजारौं नागरिक लाभान्वित भएका छन् ।

स्वास्थ्य तर्फ एकहजार ३८, आयुर्बेद तर्फ ७२८, पशु सेवा तर्फ दुई हजार २४१, सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता र नागरिकता सिफारिसतर्फ ३१ जनाले सेवा लिएका छन् ।

यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक (ज्येष्ठ नागरिक परिचय पत्र वितरण)मा ३५४ जना, कृषि तर्फ एकहजार ७४० जना, स्वास्थ्य बीमा १८५ जना लाभान्वित भएको मटिहानी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार ९ दिनसम्म सञ्चालन भएको शिविरबाट ७ हजार २१० रुपैया राजश्व र प्राबिधिक शाखातर्फ २० वटा योजना संकलन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय