• फुलगेन मगही

ढल्केवर- धनुषाको बटेश्वर गाउँपालिकामा भव्य सलहेस मेलाको उद्घाटन गर्न उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुबिर महासेठ आउन लागेको छ ।

मगही मेला समितिको आयोजनामा मगही सलहेस मेला धनुषाको बटेश्वर गाउँपालिका वार्ड नम्बर १ सोनापुर टोलमा  नयाँ वर्षको आगमन संगै  बैशाख १ र २ गते मेलाको आयोजन गरिएको मेला अध्यक्ष आनन्द लाल महतोले बताए ।

मेलामा मगही साँस्कृति उत्थानको लागि महिलाहरुले भव्यताको साथ टीम बनाएर जट – जटिन प्रदर्शनी बैशाख १ गते दिनको १ः०० बजे देखी खेल्ने स्थानीय बिजली पासमानले जानकारी दिए ।

मेला उद्घाटनको लागि उपप्रधान तथा भौतिक पूर्वाधार मंत्री रघुबिर महासेठ आउन लागेको मेला समितिका सचिव प्रमोद महतोले जानकारी दिए । साथै यो मेला बिगत ४ वर्ष देखी लागदै आएको हो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय