• फुलगेन मगही

ढल्केवर— धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरस्थित रहेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारणसभा सम्पन्न भएको छ । समितिका अध्यक्ष रामअशिष महतोको अध्यक्षता तथा प्रदेश सांसद हरिनारायण महतोको प्रमुख आतिथ्यमा उक्त साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा समितिद्वारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार खानेपानी आयोजनामा आर्थिक वर्ष २०७९–८० मा ५० लाख बढीको कारोबार भएको हो । उक्त वर्षमा संस्थाको खुद नाफा २ लाख १४ हजार ७५४ रुपैया रहेको समितिका कोषाध्यक्ष दिनेश महतोले जानकारी दिए ।

संस्थाले जग्गा खरिद गर्नेदेखि लिएर नयाँ ट्यांकी निमार्ण गर्ने सम्मको कार्य योजना प्रस्तुत गरेको हो । सभामा संस्थाले प्रगति विवरण समेत प्रस्तुत गरेका थिए ।

लक्ष्मण महतोले सञ्चालन गरेको साधारणसभामा बिशिष्ट अतिथी बटेश्वर गाउँपालिकाकी उपाध्यक्ष फुल कुमारी सिंह, वडा नम्बर १ का वडाध्यक्ष अशोक महतो, वडा नम्बर २ का वडाध्यक्ष विजय कुमार महतो, समाजसेवी बौवेलाल महतो, रामउद्गार महतोलगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय