• फुलगेन मगही

ढल्केवर— लेखक तथा साहित्यकार सूर्यनाथ प्रसाद सिंह “सुखर”द्वारा मगही भाषामा अनुवाद गरिएको श्रीमद्भागवत गीतामाथि विमर्श गरिएको छ । तराई मधेश सांस्कृतिक अनुसन्धान प्रतिष्ठानले महोत्तरीको बर्दिवासमा एक कार्यक्रमको आयोजना गरी श्रीमद्भागवत गीतामाथि विमर्श गरिएको हो ।

महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोईरीले उद्घाटन गरेको उक्त कार्यक्रममा मगही भाषाका बिद्वान डा.बीर बहादुर महतो, संत सत्यनारायण आलोक, उदय यदुबंशी, दिपु कापर, मनाई महतो, घिसिंग गिरीले उक्त पुस्तकमाथि समीक्षा गरेका थिए । समक्षिा गर्दै उनीहरुले श्रीमद्भागवत गीताले मगहियन समाजमा ठूलो साथ र सहयोग पु¥याएको बताउँदै यसले जीवनमा ठूलो भूमिका निर्वाह गर्नुको साथै मगही भाषामा ठूलो ग्रन्थको दस्तावेज तयार भएको उल्लेख गरे ।

नेकपा एमालेका युवा नेता शंकर महतोले यस पुस्तकले समाजमा रचनात्मक काम गर्नका लागि भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यसले युवा पुस्तालाई लेखन कार्य गर्नमा समेत श्रीमद्भागवत गीताका हरफहरु बुझ्नका लागि सहयोग हुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले यस क्षेत्रमा बोलिने भाषा, सास्कृति, रितिरिवाजलाई संरक्षण गर्नका लागि हामी तत्पर रहेको बताए । समाज बिकास गर्नका लागि सबै सास्कृति, भाषा जगेर्ना गर्नुपर्ने उनको भनाई थियो । यस मगहियन समाजले गरिरहेको कार्यप्रति उच्च सम्मान प्रकट गर्दै उनले खुलेर प्रशंसा गरे ।

तराई मधेश अनुसन्धान प्रतिष्ठानका अध्यक्ष राजकरण महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आयोजकले पुस्तक प्रकाशनमा अहम भूमिका निर्वाह गरेका कोशी प्रदेश बिराटनगरका मगही भाषा अभियन्ता तथा भाषा साँस्कृति प्रतिष्ठानका अध्यक्ष जय प्रकाश महतो र बिराटनगर महानगरपालिका वडा नम्बर –१४ का वडा अध्यक्ष सूर्यनाथ महतो नूनिया, लेखक सूर्यनाथ प्रसाद सिंहलाई दोसला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा मगही भाषा अभियानी तथा सर्वसधारणहरको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय