जनकपुरधाम— देशका सातमध्ये राष्ट्रियसभा निर्वाचनमा सबैभन्दा धेरै मतभार मधेस प्रदेशमा देखिएकोछ । 

१०७ प्रदेश सांसद र २७२ पालिका प्रमुख उपप्रमुख गरेर मधेस प्रदेशमा १० हजार ८३९ मतभार रहेको निर्वाचन आयोगले जनाएको छ ।

मधेस प्रदेशमा सबैभन्दा धेरै मतभार एमालेसँग छ । मधेसमा एमालेका २३ प्रदेश सांसद र ५७ जना पालिका प्रमुख उपप्रमुख गरेर २ हजार ३०२ मतभार छ ।

दलगतरुपमा आफूसँग सबैभन्दा धेरै मतभार भए पनि सत्ता गठबन्धनको कारण मधेशमा एमालेका उम्मेदवार विजयी हुने सम्भावना भने कमजोर देखिएको छ । 

मधेशमा कांग्रेसका २२ प्रदेश सांसद र १०२ पालिका प्रमुख उपप्रमुख गरेर कुल मतभार ३ हजार १०४ छ । 

कांग्रेसपछि मधेशमा मतभार धेरै भएको दल जसपा हो । जसपासँग १६ प्रदेश सांसद र ५१ पालिका जनप्रतिनिधि गरेर १ हजार ८१७ मतभार छ। त्यसैगरी ९ प्रदेश सांसद र २४ जना पालिकाका जनप्रतिनिधि रहेको लोसपाको कुल मतभार मधेशमा ९३३ छ ।

मधेशमा पाँचौँ शक्तिको रुपमा रहेको माओवादी केन्द्रसँग ९ प्रदेश सांसद र १८ पालिका जनप्रतिनिधि गरेर कुल मतभार ८१९ छ भने १३ प्रदेश सांसद र ३ पालिकाका जनप्रतिनिधि रहेको जनमतको कुल मतभार मधेशमा ७४६ छ ।

त्यसैगरी ७ प्रदेश सांसद र ११ पालिका जनप्रतिनिधि गरेर एकीकृत समाजवादीसँग मधेशमा मतभार ५८० छ । एक एक प्रदेश सांसद रहेका नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादीको मधेशमा समान ५३-५३ मतभार छ ।

एक स्थानीय जनप्रतिनिधि रहेको तमलोपासँग १९ तथा २ स्थानीय जनप्रतिनिधि रहेको विवेकशील साझा पार्टीसँग मधेशमा ३८ मतभार छ भने स्वतन्त्र ५ प्रदेश सांसद र ३ स्थानीय जनप्रतिनिधिसँग ३२३ मतभार छ । 

मधेस प्रदेशमा सत्ता गठबन्धनका चार दलको मतभार ६ हजार २६७ छ । जुन एमालेको तुलना दोब्बरभन्दा पनि बढी हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय