महोत्तरी— नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले आफ्ना सचिव राजकरण महतोमाथि काठमाडौंमा भएको भेद्भावजन्य दुव्र्यवहार घटनामा संलग्नलाई कारबाही गर्न सातदिने अल्टिमेटम दिएको छ ।

बुधवार बसेको कार्यसमिमितको बैठकबाट सचिव महतोमाथि भएको दुव्र्यवहार घटनाको दोषी उपर कारबाही गर्न सम्बद्ध निकायलाई सातदिने अल्टिमेटम दिने निर्णय भएको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सहसचिव रामनारायण महतोले जानकारी दिए । उनका अनुसार सो समायवधिभित्र दोषीमाथि कारबाहीअघि नबढाए संघर्षका कार्यक्रम गर्ने कार्यसमितिबाट निर्णय भएको छ ।

यसअघि शाखाले घटना लगत्तै विज्ञप्ती निकालेर घटनाको घोर भत्र्सना गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेको थियो । ‘घटना भएको तिनदिन बितिसक्दा पनि दोषीलाई पहिचान र पक्राउ गरिएको छैन । यसले अनेकन आशंका उत्पन्न भएको हाम्रो ठहर छ,’ कार्यसमितिको बैठकपश्चात सहसचिव महतोले भने ‘आजको मितिले सातदिनभित्र दोषी उपर कारबाही प्रक्रिया अघि नबढाए संघर्षमा उत्रिन्छौं । ’

आईतबार पत्रकार महतो कोटेश्वरबाट पैदल तीनकुने जाने क्रममा तीनकुनेस्थित सडक किनारमा रोकीराखेको बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) नामक गाडीका कन्डक्टर र चालकले पत्रकार महतोलाई भेद्भावजन्य दुव्र्यवहार गरेका थिए । ती गाडीका कर्मचारीहरुले बिनाकारण ‘भैंया’ भनेर अभद्र व्यवहारसँगै गालीगलोज गर्दै उनीमाथि कुटपिटको प्रयास समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय