• फुलगेन मगही

ढल्केवर— महोत्तरीको भंगहा नगरपालिकाका व्यापारीहरुले नागरिकताविहिनहरुको पक्षमा पसल बन्द गरेर समर्थन जनाएका छन् । काठमाडौंस्थित माइतीघर मण्डेलामा नागरिकताविहिन युवाहरु बसेको धर्नालाई समर्थन गर्दै उनीहरुले बुधवार व्यवासय बन्द गरेका थिए ।

स्थानिय व्यापारीहरुको अगुवाईमा निस्केको जुलुस सीतापुरबजारको विभिन्न स्थानमा प्रदर्शन गर्दै केपी ओली मुर्दाबाद, रवि लामिछाने मुर्दाबाद, नागरिकता विहिन युवालाई नागरिकता दे, युवा मार्न पाइँदैन भन्दै नाराबाजी गरेको स्थानीय व्यापारी मुकेश यादवले जानकारी दिए ।

जुलुसकै क्रममा स्थानीय व्यापारीहरुले नागरिकताविहिनलाई नगरिकता समयमा उपलब्ध नगराए कडा आन्दोलन गर्ने समेत चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय