धनुषा— व्यवसायी तथा समाजसेवी दिनेश कुमार महतोले सशस्त्र प्रहरी वेश क्याम्प नक्टाझिजलाई कार्यालय निर्माणका लागि सात कठ्ठा जग्गा दान गरेका छन् ।

समाजसेवी महतोले सोमवार मालपोत कार्यालय धनुषामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिजको नाममा रजिष्ट्रेसन गरेका हुन् ।

ढल्केवर–महेन्द्रनगर–जनकपुर सडक खण्डस्थित मिथिला नगरपालिका–२ ढल्केवरको कित्ता नम्बर ९३२, ९३३ को सात कठ्ठा जग्गा दान गरेका छन् ।

शान्ति सुरक्षा, अमनचयनका लागि क्रियाशिल सशस्त्र प्रहरी बल नेपालको नक्टाझिजस्थित सुरक्षा बेस क्याम्पको कार्यालय निर्माणका लागि व्यवसायी तथा समाजसेवी महतोले यसअघि जग्गा दान गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुरुप सोमवार समाजसेवी महतोले जग्गा रजिष्ट्रेसन गरिदिएका हुन् ।

महतोलाई १६ औं शसस्त्र प्रहरी वार्षिक उत्सव २०८० को अवसरमा सशस्त्र प्रहरी नायव महानिरिक्षक दिपेन्द्र साहले कदर पत्र प्रदान गरेर सम्मान समेत गरेका थिए ।

महोत्तरीको भंगहा नगरपालिका—४ स्थायी घर भएका उद्योगी तथा दानवीर महतो समाजको विकासका लागि सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय