काठमाडौं— नागरिकता विधेयकमा तीन सांसदले विरोधको सूचना दर्ता गरेका छन् । नेकपा एमालेका शेरबहादुर तामाङ र भीम रावल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका हुन् ।

एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा विधयेक फिर्ता लिएर नयाँ ल्याउनु राज्य व्यवस्था समितिकै अवहेलना भएको तर्क गरेका छन् ।

अर्का सांसद तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्म विपरित भएको लगायतका विषय उठाएर विरोधको सूचना दर्ता गरेका हुन् ।

नेमकिपाका सांसद सवालले भने खुला सीमा नियमन गर्नुपर्ने, संघ र प्रदेशको अलग अलग नेपाली नागरिकताको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर विरोधको सूचना दर्ता गरेको छ । सरकारले ल्याएको विधेयकमाथि संसदमा सैद्धान्तिक छलफल गर्नुअघि सांसदहरुले विरोधको सूचना दर्ता गर्न सक्नेछन् । अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय