रौतहट— रौतहटमा विद्युत् सर्ट भइ एउटा घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ । 

देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने वीरेन्द्र महतो कोइरीको घरमा आज बिहान ८ बजे आगलागी भएको हो । 

आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्न, तथा घर समेत जलेर ६ लाख ८० हजार बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ । प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय