धनुषा— आठौं चुरे दिवस धनुषासहित देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

चुरे दिवसको अवसर पारेर बिहिवार धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही सामुदायिक वन र ओमप्रकाश महतो दिलिप संरक्षण प्रतिष्ठानको दिलिप बाटिकामा वृक्षारोपण गरिएको छ ।

मधेस प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्रालय, चुरे उत्थानशिल आयोजना बर्दिवास इकाई र सामुदायिक विकास तथा पैरवी मंच बर्दिवासको संयुक्त आयोजना, जनकपुर वन प्राविधिक समाज, मिथिला वाइल्डलाईफ ट्रष्ट र कायापलटको सहआयोजना तथा राष्ट्रपटि चुरे तराई मधेस संरक्षरण विकास समिति कार्यक्रम कार्यान्वयन ईकाई जनकपुरधामको संयोजकत्वमा बृहत वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो ।

मिथिला नगरपालिका–५ का वडाध्यक्ष रामचन्द्र महतोको अध्यक्षता तथा मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोको प्रमुख आतिथ्यमा एक दिनमा एक लाख विरुवा वृक्षारोपण कार्यक्रम शुभारम्भ समारोहको आयोजना गरिएको थियो ।

नेपाल सरकारले २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको गठन गरेको दिनको अवसर पारेर हरेक वर्ष असार २ गतेलाई चुरे दिवसको रूपमा मनाउने गरिन्छ । सोही दिनलाई अवसर पारेर राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले यस वर्ष एकै दिन कम्तिमा एक लाख विरुवा वृक्षारोपण कार्यक्रम गरेर आठौं चुरे दिवस भव्यताका साथ मनाएको छ ।

बिहिवार सोही क्रममा मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले ओम प्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानद्वारा मिथिला नगरपालिका—५ स्थित औरही सामुदायिक वनमा निमार्णधिन दिलिप चुरे बाटिकामा वृक्षारोपण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।

वृक्षारोपण कार्यक्रममा कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका बोर्ड सदस्य शशी शर्मा, उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव विशाल घिमिरे, जनकपुरधाम वन प्राविधिक समाजका सुरेश शर्मा, मधेस प्रदेशका नीति तथा योजना आयोगका सदस्य प्रमिला सिंह, सामुदायिक वन उपभोक्ता महासंघ मधेस प्रदेशका अध्यक्ष सोमप्रसाद शर्मा, सामुदायिक विकास तथा पैरवी मंच बर्दिवासका अध्यक्ष नागदेव यादव, ओमप्रकाश महतो दिलिप संरक्षण प्रतिष्ठानकी अध्यक्ष संगम कुमारी महतो लगायतका अतिथी तथा पर्यावरण अभियानीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय