काठमाडौं— नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा १० रुपैयाँका दरले मूल्य घटाएको हो । सरकारले पेट्रोलियम पदार्थमा भएको कर घटाएपछि आयल निगमले मूल्य समायोजन गरेको हो ।

पछिल्लो निर्णयअनुसार पेट्रोलको मूल्य १८०, डिजेल र मट्टितेलको मूल्य १६३ कायम भएको थियो । आज राति १२ बजेदेखि पेट्रोलको मूल्य १७० रुपैयाँ र डिजेल र पेट्रोलको मूल्य १५३ रुपैँया कायम हुनेछ । 

खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय