एजेन्सी— महेन्द्रसिंह धोनी चेन्नई सुपर किङ्सको कप्तानमा पुनः चयन भएका छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम चेन्नइले धोनीलाई कप्तानको जिम्मेवारी दिएको हो । सिजनको सुरुवातमा नै धोनीले कप्तानको जिम्मेवारी रवीन्द्र जडेजालाई सुम्पेका थिए । यो सिजन चेन्नईले उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन् ।

साविकको विजेता चेन्नई यो सिजन प्लेअफमा नै नपुगेर बाहिरिने सम्भावना बढेको छ । चेन्नईले जडेजाको कप्तानीमा ८ खेल खेलेर ४ अंक जोडेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय