नयाँ दिल्ली— भारतमा पछिल्लो २४ घन्टामा थप ९० हजार ९२८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।

यो संक्रमण दर बुधबारको तुलनामा ५६.५ प्रतिशत बढी हो।कोरोनाबाट थप ३२५ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी २५८ जना केरलाका हुन् । ९० हजार ९२८ नयाँ संक्रमित थपिदा १९ हजार २०७ जना डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण सबैभन्दा बढी पाँच राज्यमा देखिएको छ । महाराष्ट्रमा २६ हजार ५३८, पश्चिम बंगालमा १४ हजार २२, दिल्लीमा १० हाजर ६६५,तमिल नाडुमा ४ हजार ८६२ र केरलामा ४ हजार ८०१ नयाँ संक्रमित देखिएका छन् ।

नयाँ ९० हजार ९२८ केसमध्ये ६६.९७ प्रतिशत यी पाँच राज्यमा देखिएको हो । जसमा २९.१९ प्रतिशत महाराष्ट्रमा संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या २६ सय नाघेको छ । बिहीबारसम्म भारतमा २६ सय ३० जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

महाराष्ट्र र दिल्लीमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । हालसम्म महाराष्ट्रमा ७९८ र दिल्लीमा ४६५ जना संक्रमित भेटिएका छन्। २६ सय ३० संक्रमितमध्ये ९९५ जना डिस्चार्ज भएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय