एजेन्सी— भारतले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट ११३ रनले जितेको छ ।

सेन्चुरियनमा बिहीवार सम्पन्न टेस्टमा ३०४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १९१ रनमा अलआउट भएको हो ।

टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा केएल राहुलको १२३ रनको मद्दतले ३२७ रन बनायो । मयंक अग्रवालले ६० तथा अजिंक्य रहाणेले ४८ रन बनाए ।

दक्षिण अफ्रिकाका लुंगी न्गिदीले ७१ रन खर्चेर ६ विकेट हात पारे ।

जवाफमा दक्षिण अफ्रिका पहिलो इनिङ जम्मा १९७ रनमा सीमिति भयो । उसका लागि टेम्बा बाभुमाले सर्वाधिक ५२ रन बनाए । भारतका मोहम्मद शमीले ४४ रन खर्चेर पाँच विकेट हात पारे ।

दोस्रो इनिङमा भारतले १७४ रन बनायो । ऋषभ पन्तले सर्वाधिक ३४ रन बनाए । रबादा र मार्को जान्सेनले समान चार-चार विकेट हात पारे ।

अन्तिम इनिङमा दक्षिण अफ्रिकाले पहिलोमा जस्तै खराब ब्याटिङ प्रदर्शन गरेको थियो । डीन एल्गरले ७७ रन बनाए पनि अन्य ब्याट्स्म्यानले खासै योगदान गर्न सकेनन् ।

भारतका लागि जसप्रीत बुमराह र शमीले समान तीन-तीन अनि मोहम्मद सिराज र रविचन्द्रन आश्विनले दुई-दुई विकेट हात पारे ।

वर्षाले एक दिनको खेल पूरै बिगारेको भए पनि भारतले विजय हासिल गर्न सकेको हो । दक्षिण अफ्रिकामा भारतले टेस्ट म्याचमा पाएको यो चौथो विजय हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय