नयाँ दिल्ली— भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको सङ्क्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमवारबाट पुनः रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाउने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्टसँग जोडिएका सङ्मित विरामीको सङ्ख्या वृद्धि भएपछि सरकारले यो घोषणा गरेको हो ।

सरकारले सोमबारदेखि नै लागू हुनेगरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो ।

पछिल्लो २४ घण्टामा दिल्लीका २९० थप व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ । उक्त सङ्ख्या पछिल्लो छ महिना यताकै सर्वाधिक भएको बताइएको छ ।

पछिल्लो २४ घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको छ भने यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १०० भन्दा बढी छ ।

भारतमा पछिल्लो २४ घण्टामा करिब सात हजार नयाँ सङ्क्रमणका घटना देखिएको संघीय सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

हालसम्म भारतमा ४०० भन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरिअन्ट सङ्क्रमण पुष्टि भएका बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय