एजेन्सी— भारतविरुद्ध आइतबार हुने टी–२० विश्वकप अन्तरगतका लागि पाकिस्तानले आफ्नो टोलीको घोषणा गरेका छन् ।

पाकिस्तानले बाबर आजमको कप्तानीमा १२ खेलाडीहरूको घोषणा गरेको हो ।

टोलीमा आजमसहित मोहम्मद रिजवान, फखर जमान, मोहम्मद हफीज, शोएब मलिक, आसिफ अली, इमाद वसीम, शादाब खान, शाहीन अफ्रिदी, हसन अली, हरीस रऊफ र हैदर अली रहेका छन् । सुपर १२ राउन्डमा दुई टोलीका यो पहिलो खेल हुनेछ ।

हालसम्म दुई टोलीबीच टी–२० का ५ खेल खेलिएका छन् जसमा सबैमा भारत विजयी भएको छ । भारत विराट कोहलीको कप्तानीमा मैदानमा उत्रनेछ ।

भारतले भोलि मात्र टोलीको घोषणा गर्ने बताइएको छ । यो विराट कोहलीको कप्तानीमा खेलिने अन्तिम टी–२० प्रतियोगिता हुनेछ । महेन्द्र सिंह घोनीका मेन्टर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय