काठमाडौं— कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको  फाइनलमा प्रवेश गरेको छ ।

यूएईको सारजाहमा गएराति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।

दिल्लीले दिएको १ सय ३६ रनको लक्ष्य कोलकाताले १९ ओभर ५ बलमा ७  विकेट गुमाएर पूरा गर्यो ।

कोलकाताको जितमा भेन्कातेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्ग्स खेले ।

यस्तै सुबमन गिलले ४६ रन जोड्दा नितिश रानाले १३ रन बनाए ।

यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।

अब फाइनलमा कोलकाताले चेन्नई सुपर किङ्ग्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय