जनकपुरधाम— प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा दशैंको अलग्गै रौनक छाएको छ ।

मन्दिर नै मन्दिरको शहर भनेर पनि चिनिने जनकपुरधामका शक्तिपीठहरु सजावटले झकिझकाउ छ ।

त्रेता युगमा मिथिलाका राजा जनकका कूलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरलाई नवदुलहीझैं सिंगारिएको छ । दुर्गा पूजा हेर्न जनकपुरधाममा आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत भीड बढेको हो । श्रद्धालु भक्तजनको भीडले जनकपुरधामको माहोल उल्लासमय बनेको छ ।

राजदेवी मन्दिरसँगै जनकपुरधामस्थित रामानन्द चोक, भमरपुरा चोक, देवी चोकलगायतका स्थानमा ठुलठुला पण्डाल खडा गरी दुर्गाको प्रतिमा राखेर पुजापाठ गरिरहेका छन् । शक्तिपीठहरुमा साँझ हुने झिझिया नृत्यले जनकपुरको वातावरणलाई थप मनमोहक बनाएको छ । अबेर रातिसम्म मन्दिर र त्यस क्षेत्रमा बनाइएको सेल्फी स्पटलगातको स्थानमा घुमघाम गर्ने श्रद्धालु भक्तजनको घुँइचो लाग्ने गर्दछ ।

दसैंमा हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखेर जनकपुरक्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय