जनकपुरधाम— धनुषाको एक विद्यालयबाट ढोका तोडेर दुईवटा ल्यापटपसहित ३२ वटा कम्प्युटर चोरी भएको छ ।

धनुषाको बटेश्वर गाउँपालिका २ भूचक्रपुर स्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको ढोका तोडेर सोमबार राति ३२ वटा कम्प्युटर चोरी भएको हो ।

विद्यालयका प्रधानाध्यापक राउतले विभिन्न संघसंस्थाले विद्यार्थीलाई अध्ययनको लागि दिएको दुईवटा ल्यापटपसहित ३२ वटा कम्प्युटर, एक एक वटा प्रिन्टर र प्रोजेक्टर कम्प्युटर कक्षाकोठाको ढोका तोडेर चोरी भएको जानकारी दिए ।

बिहान १० बजे शिक्षकहरु पुगेपछि कम्प्युटर चारीको घटना बारे थाहमा भएको प्रअ राउतले बताए ।

घटनास्थलमा इलका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलि पुगेर घटाको अनुसन्धन थालेका छन् ।

आफन्त नेपालले दुईवर्ष अघि विद्यार्थीको अध्ययनको लागि पहिलोपटक १६ वटा कम्प्युटर प्रदान गरेको थियो । त्यसै गरी अन्य दुईवटा संघसंस्थले १६ वटा कम्प्युटर विद्यालयलाई उपलब्ध गराएको थियो ।

प्रअ राउतका अनुसार कक्षा ६,७ र ८ का विद्यार्थीहरुले कम्प्युटर सिकाउने गरिएको थियो ।

सो विद्यालयबाट बेलाबेला खानेपानीको लागि जडान गरिएको मोटर, फर्निचर लगायतको सरसमान चोरी हुने गरेको छ । केहि गाउँसमाजकै व्यक्ति विद्यालयलाई धारासायी बनाउन यस्तो क्रियाकलापन गराउने गरेको स्थानीयबासिन्दाको भनाइ छ ।

साभारः टुडेपाटी डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय