धनुषा— धनुषामा गएराति एक घरमा डकैती भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ८ कुम्हरा टोल बस्ने ५५ वर्षीय विजय बनरैत यादवको घरमा डकैती भएको हो ।

यादवका अनुसार १७/१८ जनाको संख्यामा मुख छोपेर आएको डाकाँहरुको समूहले यादवको कञ्चटमा पेस्तोल तेर्साएर लुटपाट गरेको छ । घरमा लुटपाटको क्रममा डाँका समूहले यादवको कान्छो छोरा १६ वर्षीय अनिल यादव, ज्वाई ३० वर्षीय मञ्जय यादव र छोरी २६ वर्षीया कामनी यादवलाई कुटपिट समेत गरेको छ ।

डाँकाले यादवको छोरी २५ वर्षीया कामनीलाई रड प्रहार गरेर टाउको फुटाइ दिएको छ भने ज्वाई मञ्जयलाई रडले कुटेको छ । उनीहरुको स्थानीय स्तरमा उपचार गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

राति करिव १/२ बजेको समयमा हातहतियारसहित आएको डाकाँले यादवको घरबाट २ तोला सुन, ६० तोला चाँदीको कारा र ३ थान मोबाइल सेट लुटेर पीडित यादवले बताएका छन् । दर्जनौको संख्यामा हतियार सहित डाँकाहरु देखेपछि स्थानीयहरु प्रतिकार गर्न डराएका थिए ।

यता डकैती भएको घरमा विहान मात्रै पुगेको ईलाका प्रहरी कार्यालय ढल्केवरको टोलीले डाँका समूहको खोजीकार्य भईरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय