एजेन्सी— बलिउडमा लगभग सबै सेलिब्रेटी फिट छन् । विशेषगरी हिरो–हिरोइनहरु घण्टौंसम्म जीममा पसिना बगाउँछन् । बलिउडमै अनिल कपूर र अक्षय कुमारजस्ता अभिनेता छन्, जसले ढल्कदो उमेरमा पनि आफ्नो फिटनेस कायम राखेका छन् ।

६० वर्षको उमेरमा अनिल कपूर लक्का जवान देखिन्छन् ।  ५३ वषका अक्षयकुमार २५ वर्षजस्तो देखिन्छन् । यी अभिनेताहरुलाई लिएर फ्यानहरु ठट्टा गर्छन्, ‘उनीहरुको उमेर बढेको होइन, घटेको छ ।’

अहिले बलिउडका अर्का एक दिग्गज अभिनेता आफ्नो सुगठित शरीरले चर्चामा छन् । फिल्ममा खलनायक तथा सह– अभिनेताको भूमिका निभाउने शरत सक्सेनाले ७१ वर्षको उमेरमा आफ्नो शरीरलाई मेन्टेन गरेको देखेर सबै चकित भएका छन्  । त्यहीकारण, उनको फोटो भाइरल बनेको छ ।

सक्सेनाले आफ्नो शरीर सुन्दर बनाउनका लागि निकै मेहिनत गरेका छन् । उनी हरेक दिन जिम जान्छन् र पसिना बगाउँछन् ।

शरतले ३ सयभन्दा धेरै फिल्ममा काम गरिसकेका छन् । जसमा मिस्टर इन्डिया, त्रिदेव, घायत, रास्ता, बागबान, फनालगायत फिट फिल्महरु समावेश छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय