भक्तपुर— प्रहरीले आफ्नै छोरीलाई यौन दुर्व्यवहार गर्ने बुवालाई पक्राउ गरी शनिवार सार्वजनिक गरेको छ ।

गत जेठको १० गते दिउँसो चाँगुनारायण नगरपालिका–८ सुडालस्थित आफ्नै कोठामा परिवारका अरु कोही नभएको मौकामा आफ्नै बुवाले छोरीको संवेदनशील अंगमा छुने, समाउने गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बुवाले पटक–पटक छोरीलाई कोठामा र एकान्त पाउने बित्तिकै त्यस्तै गतिविधि गरेको भन्दै १५ वर्षकी छोरीले ३१ वर्षका बुवाविरुद्ध प्रहरी वृत्त जगातीमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरी शुक्रवार जिल्ला अदालत भक्तपुरका म्याद थप गर्दै कारवाही तथा अनुसन्धान अगाडि बढाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय