ढल्केवर— धनुषाको मिथिला नगरपालिकाले ६५ करोड १८ लाखभन्दा बढीको बजेट सार्वजानिक गरेको छ ।

बिहिवार नगरपालिकाले आठौं नगरसभामा आर्थिक वर्ष २०७८/०७९ का लागि ६५ करोड १८ लाख ५० हजार २ सय ३० रुपैया २० पैसाको अनुमानित बजेट प्रस्तुत गरेको हो ।

ढल्केवरस्थित राधाकृष्ण सामुदायिक मन्दिरको हलमा आयोजित नगरपालिकाको आठौं नगरसभामा वडा नं ९ का वडाध्यक्ष समेत रहेका मिथिला नगरपालिकाका प्रवक्ता दिपकजंग थापाले बार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोको अध्यक्षतामा आयोजित नगरसभाको उद्घाटन सत्रमा नगरपालिकाकी उपप्रमुख तारा कुमारी बस्नेत लामा, प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डंगोल, मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साह, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।

सुरक्षा घेराबीच नगरपालिकाको आठौं नगरसभाको उद्घाटन सत्र सम्पन्न भएको हो । ढल्केवर किटान गरेर आएको ट्रमा सेन्टरको योजना अन्यत्र सार्न खोजेको भन्दै उत्पन्न भएको विवादले उग्र रुप लिएपछि नगरसभा स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

बिहिवार नगरसभा सुरु भएलगत्तै ढल्केवरमै ट्रमा सेन्टर निर्माणको लागि निर्णय गरेर सिफारिसको माग गर्दै स्थानीयहरु नगरसभा स्थल पुगेपछि तनाव उत्पन्न भएको थियो ।

आर्थिक वर्ष २०७८/०७९ का लागि मिथिला नगरपालिकाले नगरसभामा पेश गरेको नीति, कार्यक्रम तथा बजेटको पुर्णपाठ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय