जनकपुरधाम— संघिय सरकारकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई गृहजिल्ला महोत्तरीमा भव्य स्वागत गरिएको छ ।
मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला महोत्तरी पुगेकी मन्त्री चौधरीलाई मटिहानी स्थानीयहरुले भव्य स्वागत गरेका हुन् ।
मटिहानी नगरपालिकाद्धारा आयोजित स्वागत तथा सम्मान समारोह कार्यक्रममा मन्त्री चौधरी सहभागी भएकी थिइन् ।
यसैबीच मन्त्री चौधरीले शनिवार विहान जानकी मन्दिरमा पुजाआजा समेत गरेकी छन् । जानकी मन्दिरका मुख्य पुजारीले मन्त्री चौधरीलाई स्वागत गरेका थिए ।