रौतहट— रौतहटमा एक व्यक्तिले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् ।

चन्द्रनिगाहापुर—४ स्थित मनिषा सुनचाँदी पसलका सञ्चालक दिपक विकले श्रीमती दिपिकालाई एसिड प्रहार गरेका हुन् । पाखुरा र पेटमा एसिडले घाउ भएकी दिपिकाको स्थानीय एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

घरायसी विवादमा उनले पत्नीलाई शनिबार एसिड प्रहार गरेका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछाने जानकारी दिए । शनिबार साँझै प्रहरीले दिपकलाई पक्राउ गरेको हो ।

अनुहारमा एसिड नपरेको कारण दिपिकाको अवस्था खतरामुक्त रहेको एपोलो अस्पतालका चिकित्सक एके यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय