जनकपुरधाम— प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ९७ पुगेको छ ।
संक्रमित मध्ये ९ हजार ८ सय ९२ जना होम आइसोलेसनमा र ७ सय ५ जना संस्थागत आइसोलेसनमा उपचार गराइरहेका छन् ।
हालसम्म कोरोनाबाट ३० हजार ३ सय ९८ जना संक्रमित भएकामा १९ हजार २ सय २० जना संक्रमणमुक्त भइसकेका छन् । यसैगरी ५ सय ८१ जनाको मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।