धनुषा— धनुषाको मिथिला नगरपालिकाको एउटै वडामा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मिथिला नगरपालिका वडा नम्बर ११ लोटा गाउँका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डङ्गोलले जानकारी दिए ।

कोरोना संक्रमितको लक्षणसँग मिल्दो जुल्दो बिरामीको संख्या गाउँमा बढेपछि नगरपालिकाले ५४ जनाको स्वाव संकलन गरि परिक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाएका थियो । त्यसमध्ये मंगलबार आएको रिपोर्टमा ४६ जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाका अधिकृत डङ्गोलले जनाए ।

संक्रमितहरु मध्ये जटिल देखिएका दुइजनाको सिन्धुलीमा उपचार भइरहेको बुझिएको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य छ । सामान्य अवस्थाका कोरोना संक्रमितहरु अहिले होम आइसोलेसन रहेको बताइएको छ ।

संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य टोली त्यस गाउँमा खटाएको अधिकृत डङ्गोलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय