काठमाडौं— नेपालमा कोभिड–१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच हजार २१५ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नौ हजार २४७ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर २२ हजार ८७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा नौ हजार २४७ जनाको नतिजा पोजिटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट पाँच हजार ७६७ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय